वर्षा र बाढीबाट भारतमा मृत्यृ हुनेको संख्या २२ पुग्यो

Advertisement

नयाँ दिल्ली (सिन्ह्वा) । भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ । बाढीमा परेर आज बिहानसम्म १८ जनाको ज्यान गएको थियो ।     

हराइरहेका केही व्यक्तिको शव आइतबार अपराह्न भेटिएको थियो । त्यसपछि सो संख्या बढेर २२ पुगेको बताइएको हो ।     
     
यहाँका सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् । यहाँ आइतबार बिहानसम्म पनि बर्षा जारी रहेको छ ।     
     
बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । मौसम विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि बर्षा कायमै रहने बताएका छन् । अधिकारीहरुले आइतबार पनि बर्षा जारी नै रहेको बताएका छन् । बर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ । 
 

Advertisement

Advertisement

Advertisement