आज (कात्तिक १)को राशिफलः कस्तो रहला तपाईंको व्यापार, व्यवसाय, शेयर कारोबार ?

Advertisement

आज २०७८ साल कार्तिक महिनाको १ गते सोमबार, आश्विन शुक्लपक्षको त्रयोदशी तिथि । आज कार्तिक संक्रान्ति रहेको छ । आज सरायपर्व पनि परेको छ ।

मेष 
मनमा अन्योलताले सताउने छ । परिवारमा द्वन्द आउने तथा त्यसले परिवारमा कटुतामा लैजाने छ । आर्थिक रुपमा दबाब सृजना हुने छ । यात्रामा सफलता प्राप्त हुने छ । सामाजिक सोचाई आउने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

Advertisement

वृष 
पारिवारिक जीवनमा खुशीयाली आउने छ । आर्थिक लाभ प्राप्त हुने छ । पेशागत जीवन उन्नत हुने छ । यात्रामा सफलता प्राप्त हुने छ । सवारीसाधन, ग्यारेज, सार्वजनिक यातायात जस्ता क्षेत्रमा सँलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र भने औसत खालको हुने छ ।

मिथुन 
झैझगडा उत्पन्न हुने छ । मनोबलमा बृद्धि हुनेछ । आक्रामक स्वाभाव हुने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ । पेशागत जीवन तथा ब्यापार विजनेश औसत खालको रहने छ । शेयर क्षेत्र औसत रहने छ ।

कर्कट
अरुलाई सहयोग गर्न पाइने छ । पेशा, ब्यापार विजनेशमा बृद्धि हुने छ । सामाजिक स्तरबाट सम्मान प्राप्त हुने छ । सूचना प्रविधि तथा ठेक्कापट्टा, कपडाका ब्यापार, ज्वेलरी, सार्वजनिक यातायात आदी क्षेत्रमा संलग्नहरुलाई आम्दानीमा बृद्धि हुने छ । शेयर क्षेत्र औसत रहने छ ।

सिंह
भाग्य बलियो रहेको छ । यात्रामा सफलता मिल्ने छ । मार्केटिक तथा ब्राण्डिङ्गमा सफलता मिल्ने छ । साझेदारीमा गरिएका कार्यहरुमा देखिएका बिबाद समाधानतर्फ जाने छन् । शेयर क्षेत्र अनुकुल रहने छैन् । 

कन्या
पेशागत क्षेत्रमा असमझदारी विद्यमान रहने छ । कर्मशिलतामा भने बढोत्तरी हुने छ । यात्रामा कठिनाई ब्योहर्नु पर्ने छ । परिवारमा तिक्ताले डेरा जमाउने छ । शेयर क्षेत्र औसत रहने छ ।

तुला 
पारीवारिक सदस्यहरुबीच तनाव उत्पन्न हुने छ । फुड सर्भिस, खानि, फलाम, भाडाका सवारीसाधन सेवा, पेट्रोलियम पदार्थ, कल कारखानाजन्य, होटल, रेष्टुरेण्ट, खाजाघर जस्ता क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ । शेयर क्षेत्र फाइदादायी रहने छैन् ।

वृश्चिक
नकारात्मक विचारले पेल्ने छ । उमङ्गमा कमि आउँदा भविष्य प्रतिको चिन्ताले सताउने छ । आर्थिक व्यवस्थापनमा असन्तुलन पैदा हुने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा योजना बनाए अनुसार सफलता आउने छैन् । शेयर क्षेत्र प्रतिकुल रहने छ ।

धनु 
कमाईमा बृद्धि हुने छ । अरुले मानसम्मान गर्ने छन् । यात्रामा भने अवरोधहरु खेप्नु पर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुनेछ । पैतृक सम्पत्तिका विषयमा बिबाद देखिने छ । भाग्यको साथ रहेकाले अनुकुलता प्राप्त हुने छ । शेयर क्षेत्र पनि फलदायी रहने छ ।

मकर 
मिठो मिठो खान पाइने छ । यात्रामा मन रम्ने छ । ग्यारेज, ढुवानी, यातायात, पेट्रोलिय पदार्थको कारोवार जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । ब्यापार विजनेशमा फाइदा मिल्ने छ । रिस धेरै उठ्ने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र अनुकुल रहने छ । 

कुम्भ 
सहि निर्णय गर्ने क्षमता हुने छ । तर विगतका विषयले मनमा पश्चातापको अनुभूति गराउने छ । पेशागत जीवनबाट फाइदा मिल्ने छ । जीवनसाथिको साथले सहजता उत्पन्न हुने छ । परिवारमा भने कटुता देखिँदा पारीवारिक भेटघाट खल्लो बन्ने छ । शेयर क्षेत्र औसत रहने छ । 

मीन
अन्योलताको सामना गर्नु पर्ने छ । खासगरी आर्थिक असन्तुलनका कारण मनमा बेखुशीपना आउने छ  । परिवारका साथले गर्दा कठिनाईमा जुध्न निकै मद्धत मिल्ने छ । कुटुम्बसँग मिलन हुने छ । सहजतासाथ यात्रा हुने छ । शेयर क्षेत्रले प्रतिफल दिने छ ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement