सात वाणिज्य बैंकमा निक्षेपकै ब्याजदर दोहोरो अंक नाघ्यो, कुनको कति ?

Advertisement

काठमाडौं । तरलता अभाव टार्न बैंक वित्तीय संस्थाहरूबीच निक्षेप तानातान हुन थालेको छ । अघिल्लो महिना मात्रै ब्याजदर बढाएका बैंकहरूले अपेक्षा अनुसार निक्षेप तान्न नसकेपछि एक महिनामै निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्याउन थालेका हुन् । 

बाणिज्य बैंकहरूले आज कात्तिक १ देखि लागू हुनेगरी सार्वजनिक गरेको ब्याजदर कतिपयको दोहोरो अंकमा छ । बैंकहरूले प्रकाशित गरेको ब्याजदरसम्बन्धी विवरण अनुसार हिमालयनको ११.६७ प्रतिशतसम्म  पुगेको छ । एनआईसी एशियाको निक्षेपको ब्याजदर ११.१० प्रतिशतसम्म र लक्ष्मी बैंकले पनि ११.०५ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेको छ ।

Advertisement

त्यस्तै, नेपाल बंगलादेशले १०.२८ प्रतिशतसम्म, सिभिल बैंकले १०.११ प्रतिशतसम्म, सिद्धार्थले १०.३ प्रतिशतसम्म र एनसीसीले १० प्रतिशतसम्म ब्याजदरको आकर्षण देखाएका छन् । अरु बैंकले भने एकल अंकमा ब्याजदर कायम राखेका छन् । 

जसमा माछापुच्छ्रेले ९.८५ प्रतिशतसम्म कुमारीले ९.८१ प्रतिशतसम्म, सेञ्चुरी बैंकले ९.७५ प्रतिशतसम्म, एनएमबिले ९.५८ प्रतिशतसम्म, बैंक अफ काठमाण्डूको ९.५७ प्रतिशतसम्म, सिटिजन्स बैंकले ९.२६ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन् । 

त्यस्तै, नविलले ८.८६ प्रतिशतसम्म, ग्लोबल आईएमई बैंकले ८.९० प्रतिशतसम्म, प्राइमले ९.२५ प्रतिशतसम्म, मेगा बैंकले ८.७७ प्रतिशतसम्म, नेपाल एसबीआईले ८.५६ प्रतिशतसम्म, सानिमाले ८.०१ प्रतिशतसम्म, नेपाल बैंकले ८.८५ प्रतिशतसम्म, कृषि विकास बैंकले ९ प्रतिशसम्म, राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशससम्म, स्ट्याण्डर्ड चार्टर्डले ७.५० प्रतिशतसम्म, एभरेष्ट बैंकले ८ प्रतिशतसम्म ब्याज र सनराइजले ८.५० प्रतिशतसम्म दिने भएका छन् ।

वाणिज्य बैंकहरूले दिएको यो ब्याजदर पछिल्लो तीन वर्ष यताकै उच्च हो । बैंकहरूमा तरलता अभाव बढेपछि निक्षेप खोसासोस भएको छ । बैंकहरुले ब्याजदर बढी दिएर निक्षेप तान्ने प्रयास गरिरहेका छन् । गत महिनादेखि नै बैंकहरुले दोहोरो अंकमा ब्याजदर दिन थालिसकेका थिए । गत महिना सनराइज बैंकको मात्रै निक्षेप दोहोरो अंकमा थियो भने यो महिना भने सात वटा बैंकले यस्तो ब्याजदर दोहोरो अंक नघाएका छन् । 

Advertisement

Advertisement