साफ च्याम्पियनसिप उपविजेता नेपाली फुटबल टिमलाई विशेष स्वागत, मन्त्री पनि पुगे

Advertisement

काठमाडौँ । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली काठमाडौंमा विशेष स्वागत गरिएको छ । टोलीमा प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलगायत पनि थिए । 

सोमबार बिहान काठमाडौं आइपुगेको टोलीलाई त्रिभुवन विमानस्थलमा खेलप्रेमी तथा शुभचिन्तकहरुले विशेष स्वागत गरेका हुन् । खेलाडीहरुलाई स्वागत गर्न नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज पनि विमानस्थलमा पुगेका थिए । 

Advertisement

फुटबल टोलीको स्वागतमा नेपाली सेनाको ब्यान्डले मंगल धून बजाउनुका साथै प्रशंसकहरुले अल्मुताइरीको पक्षमा नारासमेत लगाएका थिए ।

पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको नेपाली टोली भारतसँग ३–०  ले पराजित भएर उपविजेतामा सीमित भएको थियो । उपविजेताको रुपमा नेपालले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

Advertisement

Advertisement