चलचित्र छायाँकन गर्न पहिलो पल्ट अन्तरिक्षमा पुगेको रुसी कलाकार टोली सकुशल फिर्ता

Advertisement

एजेन्सी । अन्तरिक्षमा जोखिमपूर्ण चलचित्र छायाँकन गरेर रुसी कलाकारको टोली पृथ्वीमा फर्किएको छ । चलचित्र छायाँकनका लागि पहिलो पटक अन्तरिक्षमा पुगेका रुसी टोली आइतबार सकुशल फर्किएको हो । 

च्यालेन्ज नामक चलचित्र छायाङ्कन गर्न निर्देशक क्लिम शिपेन्को र कलाकार युलिया पेरेसिल्ड अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएका थिए । उनीहरु काजकस्तानमा अवतरण गरेका दृश्य रुसी समाचार संस्थाहरुले प्रसारण गरेका छन् । 

Advertisement

आईएसएसमा प्राविधि समस्याका बीच चलचित्रको छायाँकन सम्पन्न भएको दावी गरिएको छ । रुसले अन्तरिक्षमा नभई पृथ्वीमै चलचित्र छायाँकन गरेर अन्तरिक्षको नाटक गरेको आशंका भइरहेको बेला त्यसलाई गलत सावित गर्ने विभिन्न तस्वीरहरु पनि सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । आईएसएसमा रहँदा गरुत्वाकर्षण नभएकाले नायिका पेरेसिल्डको कपाल उडिरहेको दृश्य भिडियोमा देख्न सकिन्छ । 

टम क्रूजसँग प्रतिस्पर्धा गर्न बनाइराखिएको यो रुसी चलचित्रमा बिरामी परेका अन्तरिक्षयात्रीलाई बचाउन पेरेसिल्डले चिकित्सकको भूमिका निर्वाह गरेकी छन् । 

Advertisement

Advertisement