दशैंमा हनिमुन मनाउन जाङ्मुलाई लिएर दुवई पुगे शेरधन
तस्वीरः तारा गौतम

Advertisement

काठमाडौं । पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका नेता शेरधन राई हनिमुन मनाउन नयाँ दुलही लिएर दुवई पुगेका छन् । उनलाई त्यहाँ आफ्नो पार्टीनिकट कार्यकर्ताले स्वागत र घुमफिरको व्यवस्था मिलाएका छन् । दुवई विश्वका महंगा शहरमध्येको एक हो । 

आफूभन्दा निकै कान्छी उमेरकी जाङ्मु शेर्पासँग विवाह गरेकोले चर्चा कमाएका शेरधन यसअघि ससुराली जाँदा हेलिकप्टर चार्टर्ड गरेर गएका थिए । आफू ४९ बर्षको हुँदा उनले संखुवासभाकी २३ वर्षीया शेर्पासँग विवाह गरेका थिए । उनैलाई लिएर दशैंको मौकामा शेरधन दुवईमा हनिमुन बनाइरहेका छन् ।   

Advertisement

गरिव तथा श्रमजीवी वर्गको नाममा राजनीति गर्ने कम्युनिष्ट नेताहरु सुविधाभोगी र भ्रष्ट हुँदै गएको भन्दै आलोचना बढ्दै गए पनि उनीहरुको जीवनशैलीमा खासै सुधार आउन सकेको छैन् । 

Advertisement

Advertisement