शेयर बजारको सुधार एक दिन पनि टिकेन, उच्च अंकले नेप्से घट्दा २ अर्ब ९६ करोडको कारोबार

Advertisement

काठमाडौँ । दशैँ बिदा पछिको पहिलो दिन हिजो बढेको शेयर बजार आज सोमबार पुनः घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ६९.५१ अंकले घटेको हो । २.६२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५८७.४५ अंकमा झरेको छ । हिजो भने बजार १७.५९ अंकले बढेको थियो । 

Advertisement

आज २१८ कम्पनीका ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार उच्च अंकले घटेको दिन आज ट्रेडिङ समूह बाहेक अरु सबै राताम्मे भएका छन् । ट्रेडिङ समूह १८.९४ अंकले बढ्दा निर्जीवन बीमा समूह सबैभन्दा बढी ४२७.०७ अंकले घटेको हो । 

नेप्सका अनुसार आज एनआईसी एशिया डिबेञ्चर ०८२÷८३ को शेयर मूल्य सबैभन्दा बढी २ प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि नबिल बैंककै उच्च कारोबार भएको छ । नबिलको ९ करोड ८९ लाख ९८ हजार ५ सय १८.३० रुपियाँ बराबरको शेयर किनबेच भएको हो । त्यसैगरी सानिमा बैंकको ९ करोड ८१ लख ७४ हजार ४ सय ९३.६० र हिमालयन डिस्टिलरीको ९ करोड ६५ लाख ३४ हजार ५६.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  

गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएकोमा उक्त रकम पनि घट्दै आएको छ । 

Advertisement

Advertisement