निक्षेपको ब्याज बढ्दा ऋणी मारमा, वाणिज्य बैंकहरूबाट घर कर्जा लिँदा ब्याज १५ प्रतिशतसम्म

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूले तरलता अभाव बढ्दै जाँदा निक्षेप तान्न गरेको ब्याज वृद्धिले ऋणीसमेत मारमा पर्ने भएका छन् । बैंकहरूले निक्षेपको ब्याज बढ्दा कर्जाको पनि ब्याज बढ्ने र घट्दा घट्ने वा ब्याजदर स्थिर राख्ने सर्तमा ऋणीलाई ऋण प्रवाह गर्छन् ।

यसरी प्रभाव हुने ऋणमा निक्षेपको ब्याज बढेका कारण पुराना ऋणीको ऋणाको ब्याज बढ्छ भने स्थिर ब्याजदरमा ऋण लिने नयाँ ऋणीले पनि अब पहिलेभन्दा महंगो ब्याजदरमा ऋण लिनुपर्ने हुन्छ । वाणिज्य बैंकहरूले १ कात्तिकदेखि लागू हुने गरी निक्षेपको ब्याज बढाएका कारण यसपछि प्रवाह हुने कर्जाको ब्याज पनि बढेको छ ।

Advertisement

वाणिज्य बैंकहरूले घर कर्जाको लागि स्थिर ब्याजदरमा १४.५० प्रतिशतसम्ममा कर्जा प्रवाह गर्ने भएका छन् । कात्तिक लागेपछि  निक्षेपमा सबैभन्दा बढी (११.६७ प्रतिशतसम्म) ब्याज दिनेप्रस्ताव गर्ने हिमालय बैंकले घर कर्जाको लागि बेस रेटमा ५ प्रतिशतसम्म जोडेर लिने र सात वर्ष सम्मको अवधिको लागि १२.९९ प्रतिशतसम्म ब्याज लिने गरी सूचना जारी गरेको छ ।

यस्तो कर्जाको ब्याजदर उच्च हुनेमा एनआईसी एशिया बैंकले कात्तिकदेखि दिने घर कर्जाको ब्याजदर बेसरेटमा ६ प्रतिशत थप लिने बताएको छ । यसले लिने घरकर्जामा स्थिर ब्याजदर भने १३.८९ प्रतिशत लिने सूचना सार्वजनिक गरेको छ ।

नेपाल एसबीआई बैंकको स्थिर ब्याजदर १४.५० प्रतिशत रहेको छ । यो बैंकले ५ वर्षे अवधिको लागि भने १३.५० प्रतिशतमा र १० वर्षे अवधिको लागि भने १४ प्रतिशतमा घर कर्जाको ब्याजदर निर्धारण गरेको छ ।

घर कर्जामा सबैभन्दा कम ब्याजदर दिने प्रस्ताव गर्नेमा भने नबिल बैंक रहेको छ । यो बैंकले न्यूनतम ५.८६ प्रतिशतमै घरकर्जा दिने छ । यसको घर कर्जाको अधिकतम ब्याजदर १२.८६ प्रतिशत छ भने प्रोसेसिङ शुल्क वापात ०.७५ प्रतिशत थप हुने तर कर्जाको अवधि भने जति भएपनि पनि हुने व्यवस्था गरेको छ ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा सस्तो ब्याजदरमा घर कर्जा दिनेमा भने सरकारी संस्था नेपाल बैंक रहेको छ । यो बैंकले सुलभ आवास कर्जा नामबाट जम्मा ६.९८ प्रतिशतको ब्याजदरमा कर्जा प्रवाह गर्ने छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले पनि ६.९१ देखि ७.४१ प्रतिशतमै घर कर्जा दिने छ । यी बैंकहरूले प्रोसेसिङ शुल्क भने थप ०.७५ प्रतिशत जोड्ने उल्लेख गरेका छन्

वाणिज्य बैंकहरू कुनबाट घरकर्जा लिँदा कति पर्छ ब्याजदर ?

स्रोतः बैंक ब्याज डटकम ।

Advertisement

Advertisement