कोभिडपछि तंग्रिन थाले एयरलाइन्स, आन्तरिक वायुसेवाले एक महिनामै बोके पौने चार लाख यात्रु

Advertisement

काठमाडौं । कोरोना महामारीपछि अन्तर्राष्ट्रिय हवाई यात्रुको आवागमन नभएकोृ र आन्तरिक यात्रु सेवा पन ठप्प भएपछि थलिएका वायुसेवा डेढ वर्षपछि तंग्रिन थालेका छन् । आन्तरिक वायुसेवाले दशैं अगाडिको महिना अर्थात सेप्टम्बेर २०२१ मा पौने चार लाख यात्रुलाई सेवा दिएका छन् ।

नेपालमा आन्तरिक उडानको सेवा दिइरहेका वायुसेवा कम्पनीहरूले एकै महिनामा ३ लाख ८७ हजार ५७९ जना यात्रुलाई सेवा दिएका छन् । आन्तरिक वायुसेवाले पछिल्लो समय महामारीपछि उडान संख्या बढाउँदै यात्रु सेवा पनि बढाएका छन् महमारीले थलिएका वायुसेवा कम्पनीले पछिल्लो एक महिनामै सात हजार ९५० उडानमार्फत करिब चार लाख यात्रुलाई सेवा दिएका हुन । 

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा बढी यात्रु सेवा दिनेमा बुद्ध एयर रहेको छ । यो वायुसेवाले एकै महिनामा २ लाख २० हजार ८८६ यात्रुलाई सेवा दिएको छ । बुद्ध एयरपछि यात्रु सेवाका हिसावले दोस्रो स्थानमा यति एयरलाइन्स छ । यो वायुसेवाले एक महिनामा ८४ हजार २७५ यात्रुलाई सेवा दिएको छ ।

यात्रु सेवाका हिसावले तेस्रो स्थानमा श्री एयरलाइन्स छ । यो वायुसेवाले पछिल्लो एक महिनामा ५९ हजार ९०९ यात्रुलाई आन्तरिक उडानमा सेवा दिएको उल्लेख छ । आन्तरिक उडानमा सरकारी वायुुसेवा कम्पनी नेपाल एयरलाइन्सको हिस्सा जहाज अभावकै कारण कमजोर छ । निगमले जम्मा एक महिनामा १९०७ जना यात्रुलाई सेवा दिएको छ ।

आन्तरिक उडानको यात्रु सेवामा सौर्य एयरलाइन्सको उपस्थिति निजी वायुसेवामा चौथो स्थानमा छ । यो वायुेवाले एक महिनामा १४ हजार १३७ यात्रुलाई सेवा दिएको छ । आन्तरिक उडानमा आक्रामक सेवा विस्तार गर्ने गरी तयारी गरिरहेको गुण एयरलाइन्सले भने भर्खरै सेवा सुरु गरेको हुँदा यसले गत महिना जम्मा १२१३ यात्रुलाई मात्रै सेवा दिएको छ ।

यो वायुसेवाले सात वटा जहाज उडान तयारी गरिहेको छ भने सबैजसो सहरी क्षेत्रका आन्तरिक विमानस्थलमा सेवा दिँदै जाने भएको छ । भदौ १ गतेबाट मात्रै सेवा सुरु गरेको यो वायुसेवाले जहाज संख्या र उडान गन्तव्य बढाउँदै गइरहेको छ । यसको सात वटा जहाज पूर्ण क्षमतामा सञ्चालन हुँदै छन् ।

आन्तरिक उडानमा दुर्गम क्षेत्रमा सेवा दिने तारा एयरले भने १५१६ यात्रुलाई सेवा दिएको छ । दुर्गम क्षेत्रमै उडान सेवा दिने समिट एयरले पनि एक महिनामा दिएको यात्रु सेवा १६३३ जना रहेको छ । सीता एयरको यात्रु सेवा नियमित उडानका वायुसेवामा सबैभन्दा कम १४ जना मात्रै छ । 

यस्तो छ आन्तरिक उडानका वायुसेवाको यात्रु उडान विवरण

Advertisement

Advertisement