बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको कडा निर्देशन-‘ब्याजदर तत्कालै परिमार्जन गर्नू’

Advertisement

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरु ब्याजदरको प्रतिष्पर्धामा उत्रिएपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । 

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले मंगलबार यस्तो निर्देशन जारी गरेका हुन् । 

Advertisement

राष्ट्र बैंकले अघिल्लो महिना प्रकाशित निक्षेपको ब्याजदरमा १० प्रतिशतमात्र हेरफेर गर्न पाउने व्यवस्था गरेको हो । संस्थागत मुद्दतीमा व्यक्तिगत मुद्दतीमा भन्दा एक प्रतिशत कम ब्याज दिने, सार्वजनिक संस्थागत मुद्दती निक्षेपको ब्याजदर ३ महिनासम्म एउटै कायम गर्नु पर्ने निर्देशनमा उल्लेख छ । 

बैंकहरूले सर्वजनिक गरिसकेको ब्याजदर समेत समायोजन गरी  कात्तिक ३ गते भित्र आफ्नो वेबसाइटमा सार्वजनिक गरी कार्यान्वयन गर्न बैंकहरुलाई भनिएको छ । 

-ब्याजदर उफ्रिएर माथि गइरहँदैन, राष्ट्र बैंकले सुक्ष्म निगरानी गरिरहेकै छ: प्रवक्ता ढकाल

-निक्षेपको ब्याज बढ्दा ऋणी मारमा, वाणिज्य बैंकहरूबाट घर कर्जा लिँदा ब्याज १५ प्रतिशतसम्म

-सात वाणिज्य बैंकमा निक्षेपकै ब्याजदर दोहोरो अंक नाघ्यो, कुनको कति ?

 

Advertisement

Advertisement