बाढीपहिरो र डुबानमा परी ३१ को मृत्यु, ४३ बेपत्ताः गृह मन्त्रालय

Advertisement

काठमाडौं । केही दिनदेखिको अविरल बर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । 

गृहमन्त्रालयको बुधबार बिहानसम्मको विवरणअनुसार ३१ जनाको मृत्यु भएको छ भने अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा जनाएको छ । 

Advertisement

सम्पर्कविहीनहरुको संख्या धेरै रहेकाले मृत्युको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको हो । 

पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका छन् । अहिलेसम्म विभिन्न जिल्लाबाट सयसयलाई उद्दार गरिएको गृहको भनाई छ । 

अबिरल बर्षासँगै आएको बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । 

Advertisement

Advertisement