एमालेको प्रतिस्पर्धी काँग्रेस मात्रै हो, च्याँखे थाप्ने प्रचण्ड अबको चुनावबाट समाप्त हुन्छन्ः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरुको चुनावी प्रतिष्पर्धा नेपाली काँग्रेससँग मात्र हुने भन्दै बिगतका चुनावमा जस्तो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब च्याँखे थाप्न नसक्ने दावी गरेका छन् । 

एमाले वाग्मतीको कार्यक्रममा बुधबार बोल्दै उनले अबको चुनावमा काँग्रेससँग नै प्रतिष्पर्धा हुने भन्दै अरुलाई च्याँखे थाप्नेहरुको संज्ञा दिएका छन् । ओलीले भने, ‘काँग्रेस र एमालेबीच लडाई छ । अबको चुनावमा च्याँखे थाप्नेहरु पनि समाप्त हुन्छन् ।’ 

Advertisement

चुनावमा प्रतिष्पर्धा गर्न नसक्ने र च्याँखे थापेर गठबन्धनमा लाभ लिन खोज्नेहरुलाई अबको चुनावले समाप्त गर्ने भन्दै उनले नेकपा एसका अध्यक्ष माधव नेपाल एमाले समाप्त पार्ने गन्तव्यमा हिडेको आरोप लगाए ।

ओलीले भने भने, ‘माधव नेपालको गन्तव्य भनेको एमाले सिध्याउने बाहेक केही होइन ।’ चुनावमा जित्न नसक्ने भएकाले प्रचण्ड र माधव नेपालले गठबन्धनको कुरा गरेको उनको टिप्पणी छ । ओलीले भने, ‘चुनावमा साँठगाँठ गरेनन् भने वडाध्यक्ष समेत कसैले जित्न सक्नेछैन ।’

ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी पनि गरे । उनले भने, ‘अहिलेकै जस्तो गर्ने हो भने हामी सात दिनभित्र सरकार ढाल्न सक्छौं ।’ तर एमालेले प्राप्तीलाई नभई विजयलाई पहिलो मान्ने ओलीको तर्क छ ।

Advertisement

Advertisement