बैंकहरूले ब्याजदर १० प्रतिशत भित्रै कायम गर्ने, बिहीबार नयाँ ब्याजदर आउने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैैंकले बैंकहरूले ब्याजदरमा अस्वाभाविक प्रतिस्पर्धा नगर्न निर्देशन गरेपछि वाणिज्य बैंकहरू सबैले १० प्रतिशत भित्रै ब्याजदर कायम गर्ने भएका छन् । बैंकहरू सबैले राष्ट्र बैंकको निर्देशन भित्रै रहेर ब्यजदर कायम गर्ने भएको बैंकर्स संघका उपाध्यक्ष अनिल उपाध्यायले बताए ।

उनले भने ‘राष्ट्र बैंकको निर्देशन भन्दा बाहिर जान नमिल्ने भएकोले सोही निर्देशन भित्रै रहेर ब्याजदर निर्धार गरेर सार्वजनिक गर्ने तयारी भइरहेको छ ।’ बुधबार सबै वाणिज्य बैंकहरूले ब्यजादर निर्धारण गर्ने र भोलि (बिहीबार)सम्ममा सार्वजनिक गर्ने भएका छन् ।

Advertisement

राष्ट्र बैंको निर्देशन आएपछि बुधबार मात्रै बैंकर्स संघको बैठक बसेको र सबैले आआफ्नो हिसावले राष्ट्र बैंकको निर्देशन भित्रै रहेर ब्याजदर तय गर्ने भएका छन् । अब ब्याजदर तय गर्दा असोजसँग जोडिएर र तोकिएको सीमा भित्र बसेर हुन्छ ।

बैंकहरूले आआफ्नो दायित्व अनुसार सीमा भित्रै बसेर सीआरआर मेन्टेन गर्ने, व्यक्तिगत भन्दा कर्पोरेट एक प्रतिशत तल राख्ने, बैंकहरुले निक्षेपमा तोकिएको ५ प्रतितशतको स्प्रेड, बचतको न्यूनतम २ प्रतिशत कायम गर्दै निक्षेपको अधिकतम ब्याजदर १० प्रतिशत भन्दा कम हुने गरी बैंकहरुले फेरि नयाँ ब्याजदर निर्धारण गर्ने सहमति भएको उनले जानकारी दिए ।  नयाँ ब्याजदर बुधबार बेलुकासम्म पनि तयार गरिसक्ने भएका छन् ।

अब वाणिज्य बैंकहरूले कात्तिक महिनाको लागि लागू गर्ने निक्षेपको ब्याजदर १० प्रतिशत भन्दा कम हुने छ । राष्ट्र बैंकले अघिल्लो महिना प्रकाशित गरेको ब्याजदरमा अधिकतम १० प्रतिशतसम्म मात्रै थप गर्न पाइने गरी मंगलबार निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनपछि बुधबार नै ब्याजदर परिमार्जन गर्नुपर्ने र शुक्रबारसम्ममा दैनिक पत्रिकामा सार्वजनिक सूचना नै प्रकाशन गरिसक्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले कात्तिक ३ (बुधबार)भित्रै कात्तिकको लागि सार्वजनिक गरेको १० प्रतिशतभन्दा बढीको ब्याजदरलाई पनि परिवर्तन गर्नुपर्ने कडा निर्देशन दिएको छ । कात्तिकको लागि सार्वजनिक भएको र परिमार्जन गरिएको उक्त ब्याजदर ५ गतेभित्रै पत्रिकामा सार्वजनिक गर्नुपर्ने निर्देशनपछि अब सबै वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर १० प्रतिशत भन्दा कम हुने भएको छ । 

उचालिएर बढाएका सात वाणिज्य बैंकको ब्याजदर घट्दै, अब कुनको कति ?

सात वाणिज्य बैंकमा निक्षेपकै ब्याजदर दोहोरो अंक नाघ्यो, कुनको कति ?

ब्याजदर उफ्रिएर माथि गइरहँदैन, राष्ट्र बैंकले सुक्ष्म निगरानी गरिरहेकै छ: प्रवक्ता ढकाल

बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको कडा निर्देशन-‘ब्याजदर तत्कालै परिमार्जन गर्नू’

Advertisement

Advertisement