आज (कात्तिक ४)को राशिफलः तपाईंको व्यापार, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज २०७८ साल कार्तिक महिनाको ४ गते बिहीबार, कार्तिक कृष्णपक्षको प्रतिपदा तिथि ।

मेष 
पेशागत जीवनमा अवरोधहरु कायम रहने छन् । आर्थिक रुपमा तनाव र दबाब झेल्नु पर्ने छ । मनमा भविष्यप्रतिको चिन्ता आवश्यकता भन्दा बढि आउँदा उदासिनता बढ्ने छ । प्राकृतिक प्रकोपको सामना गर्नु पर्ने छ । शेयर बजारमा अपेक्षाकृत फाइदा हुने छैन् । 

Advertisement

वृष 
बिरोधको सामना गर्नु पर्ने छ । तर मित्रहरुको साथले निराकरण पनि प्राप्त हुने छ । यात्रामा कठिनाईहरु सामना गर्नु पर्ने छ । परिवारका सदस्यहरुबीचकोे समझदारीले कठिनाईहरुसँग जुध्न ठुलो मद्धत मिल्ने छ । आर्थिक सन्तुलन कायम हुने छ । पेशागत जीवन सकारात्मक देखिन्छ । शेयर क्षेत्र औसत रहने छ । 

मिथुन 
पेशागत जीवनमा शुभता बृद्धि हुने छ । तर अफिसियल्ली अनावश्यक विवादका कारण तनाव भने उत्पन्न हुने छ । मनोबलमा बृद्धि हुने सँगै आक्रामक स्वाभाव पनि बन्ने भएकाले यसबारेमा ध्यान दिनु होला । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

कर्कट
प्राकृतिक प्रकोपबाट सजग रहनु होला । तामसि भोजनप्रतिको मोहले अपमान निम्त्याउने छ । झैझगडा र मनमुटावको अवस्था आउने छ । घर परिवारमा पनि अशान्ति र कलहको वातावरण हुने छ । पेशा तथा ब्यापार प्रति भने लगाव रहने बानी कायम रहने छ । शेयर बजार अनुकुल रहने छैन् । 

सिंह
भाग्यले साथ दिएकाले शुभताहरु बृद्धि हुने छन् । पेशागत जीवनमा सफलता मिल्ने छ, कदर हुने छ । यात्रामा भने कठिाईको सामना गर्नु पर्ने छ । बोलीको प्रभाव बढ्ने हुँदा अरुले विश्वास गर्ने छन् । परिवारको साथ मिल्ने छ । शेयर बजार अनुकुल रहने छ । 

कन्या
आर्थिक सन्तुलन खल्बलिने छ । जीवनसाथिको साथले भरथेग हुने छ । खर्च बढ्न जाने छ भने आम्दानीमा गिरावटको क्रम रोकिने छैन् । पेशागत जीवन औसत खालको रहने छ । कर्मशिलतामा बृद्धि भए तापनि त्यसको नतिजा सन्तोषजनक गरि मूल्यांकन नहुँदा मनमा उदासिनता आउने छ । शेयर बजारमा सुधार आउने छ । 

तुला 
आर्थिक रुपमा खर्च धेरै हुने र आम्दानी कम हुँदा सन्तुलनमा कठिनाई आउने छ । अपमान सहनु पर्ने वा भोग्नु पर्ने भएकाले कम बोल्ने वा झमेलामा नपर्नु नै बुद्धिमानी हुने छ । पारीवारिक जीनमा कलह र झैझगडाको अवस्था आउने छ । जीवनसाथिको भने साथले राहत मिल्ने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । 

वृश्चिक
आर्थिक जीवनमा केही सुधार आउने छ । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक दृष्टिकोणले मनमा घेर्ने छ । भविष्य प्रतिको चिन्ताले मनमा बढि नै सताउने हुँदा वर्तमान खल्लो हुन जाने छ । समय प्रतिकुल रहेकाले विचार गरेर मात्र कदम चाल्नु होला । शेयर क्षेत्रमा केही सुधार आउने छ । 

धनु 
आम्दानी सोचे जस्तो बृद्धि नभए पनि गिरावट पनि आउने छैन् । ब्यापार विजनेशमा नयाँ उत्साहको लहर आउने छ । जीवनसाथिको साथले आँट र भरोषा प्राप्त हुने छ । सामाजिक रुपमा सक्रिय हुन मन लागे तापनि कदर कम हुन जाँदा खिन्न बनाउने छ । निन्द्रामा समस्या देखिने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

मकर 
प्राकृतिक प्रकोपप्रति सजग रहनु होला । तामसी भोजनमा मन जाने छ । साथिभाइहरुसँग झैझगडा तथा कटुता उत्पन्न हुने छ । ब्यापार विजनेशमा नोक्सानी व्योहर्नु पर्ने छ । आफ्नो पेशाप्रति लगाव कम हुने छ । द्वन्दको सामना गर्नु पर्ने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र औसत रहने छ । 

कुम्भ 
अपेक्षाकृति सरसहयोग प्राप्त हुने छ । आँटेका कामहरु पुरा हुने वातावरण तयार हुने छ । आर्थिक रुपमा सन्तोष प्राप्त हुने छ भने पेशागत जीवन पनि सन्तुलित रहने छ । जीवनसाथिको साथले पेशागत जीवनमा उन्नति हुने छ । बोलीमा भने केही संयमित रहनु ठिक हुने छ । शेयर क्षेत्र फलदायी हुने छैन् । 

मीन
आम्दानीमा केही बृद्धि हुने छ । मनोबल उच्च हुँदा हुँदै पनि मनमा उदासिनताले छोड्ने छैन् । पेशागत जीवनबाट सन्तोष प्राप्त हुने छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ । सामाजिक जीवनमा आलोचना र द्वन्द निम्तिने छ । शेयर क्षेत्र शुभ रहने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement