ईङवा हाइड्रोले १९ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त

Advertisement

काठमाडौँ । ईङवा हाइड्रोपावर लिमिटेडले १९ लाख ६० हजार कित्ता साधारण शेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । 

कम्पनीले प्रति शेयर अंकित मूल्य रु. १००/– (एक सय रुपियाँ मात्र) दरको आईपीओ निष्काशनका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

Advertisement

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं वडा नं. ११, थापाथलीमा एक समारोहबीच नेपाल एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावरको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । 

ईङवा हाइड्रोपावर लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा ९.७ मेवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 
 

Advertisement

Advertisement