चौध वाणिज्य बैंकको ब्याजदर एउटै, सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्डको (कुनको कति ?)

Advertisement

काठमाडौं । कात्तिक लागेसँगै वाणिज्य बैंकहरूले निक्षेप तान्न ब्याजदरमा चर्को प्रतिस्पर्धा गर्न थालेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेर १० प्रतिशतभन्दा कमको सीमा तोकिदिएसँगै बैंकहरुले ब्यानदर परिमार्जन गरेका छन् । 

राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एकल अंकमा ब्याजदर कायम गर्न निर्देशन दिएको थियो । ११.६६ प्रतिशतसम्म ब्याजदर दिने प्र्स्ताव गरेको हिमालयन बैंकको अब ब्याजदर घटेर ९.३६ भएको छ भने ११.१० प्रतिशतको प्रस्ताव गर्ने एनआईसी एसियाको पनि ब्याजदर घटेर अब ९.३६ नै कायम भएको छ ।

Advertisement

राष्ट्र बैंकको निर्देशनपछि १४ वटा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर एउटै भएको छ । बैंकहरूबीच बढी ब्याजदर दिएर निक्षेप तान्ने होडबाजी सुरु हुन थालेपछि एउटा बैंकबाट अर्को बैंकले निक्षेप तान्दैमा तरलता सहज नहुने र एउटाबाट अर्को बैंकमा मात्रै निक्षेप जाने निष्कर्ष राष्ट्र बैंकको छ ।

बैंकहरूले बुधबार साँझ सार्वजनिक गरेको यस्तो ब्यजदर अनुसार १४ वटा वाणिज्य बैैंकहरूले समान (९.३६ प्रतिशतसम्म), पाँच वटा वाणिज्य बैंकको ९ प्रतिशतमाथि, सात वटा बैंकको ८ प्रतिशत र एउटा बैंकको मात्रै ७.५० प्रतिशत ब्याजदर रहेको छ ।

सबैभन्दा कम ब्याजदर दिने प्रस्ताव स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ । यो बैंकले कात्तिक महिनाका लागि गरेको व्यक्तिगत निक्षेपको यस्तो ब्याजदर अरु बैंकहरूको तुलनामा सबैभन्दा कम हो ।

Advertisement

Advertisement