नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश परिमार्जन, अब कति ?

Advertisement

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले घोषणा गरेको लाभांशमा परिमार्जन गरेको छ । 

बैंक सञ्चालक समितिको असोज १७ गतेको बैठकले ११.२४ प्रतिशत बोनस शेयर र ४.७६ प्रतिशत नगदसमेत गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । 

Advertisement

उक्त लाभांश स्वीकृतिका लागि राष्ट्र बैंक पठाइएको थियो । तर राष्ट्र बैंकले कूल प्रतिशतको १६ प्रतिशतनै कायम हुने गरी परिवर्तन गर्न सुझाव दिए पछि कात्तिक २ गतेको बैठकबाट परिमार्जन गरिएको कम्पनी सचिव सुधीरमान श्रेष्ठले बताए । 

अब आब २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ । 

बैंकको हाल कायम चुक्ता पूँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५ सय रुपियाँ छ ।   
 

Advertisement

Advertisement