फेसबुक र ट्रवीटरले आफ्ना अकाउन्ट निलम्बन गरिदिएपछि आफै सामाजिक सञ्जाल खोल्दै ट्रम्प

Advertisement

एजेन्सी । फेसबुक, ट्वीटर तथा ठूला सामाजिक सञ्जालले आफ्नो एकाउन्ट बन्द गरेपछि रुष्ट भएका अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफै नयाँ सामाजिक सञ्जाल खोल्ने भएका छन् । 

ट्रम्पको नयाँ सामाजिक सञ्जालको नाम ‘ट्रूथ सोसल’ हुनेछ । ठूला प्रविधि कम्पनीको अत्याचारविरुद्ध उभिने घोषणासहित उनले आफै सामाजिक सञ्जाल सञ्चालनको घोषणा गरेका हुन् । अमेरिकाका विद्रोही आवाजलाई फेसबुक, ट्वीटरले स्थान नदिएको ट्रम्पको गुनासो छ । 

Advertisement

उनले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रूप (टीएमटीजी)ले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्नेछ। ट्रम्पले सामाजिक सञ्जालको दुरुपयोग गरेको र अमेरिकामा अशान्ति सिर्जना गरेको आरोपमा फेसबुक, ट्रवीटरले उनको खाता निलम्बन गरेको थियो । 

ट्रम्पले आफ्नो खाता निलम्बन गर्ने ठूलो प्रविधि कम्पनीविरुद्ध मुद्दा हाल्ने निर्णय पनि यसअघि गरिसकेका छन् । उनी र उनका सहयोगी यतिबेला वैकल्पिक सामाजिक सञ्जाल सुरु गर्ने तयारीमा छन् । 

समाचारअनुसार ट्रूथ सोसल अर्को महिनाबाट आंशिकरुपमा सञ्चालन हुनेछ । सन् २०२२ मा अमेरिकामा र त्यसपछि विश्वभर विस्तार गर्ने योजना बनाइएको छ । ट्रम्पले अमेरिकीको मन पर्ने राष्ट्रपतिलाई फेसबुक र ट्वीटरले चुप लगाएको भन्दै दुखेसो पोखेका छन् । 

Advertisement

Advertisement