शेयर बजार तल झर्दा कारोबार पनि न्यून, यो साता यस्तो रह्यो

Advertisement

काठमाडौँ । शेयर बजार आज फेरि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.७० अंकले घटेको हो । ०.५७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५५६.९५ अंकमा झरेको छ ।

आज २१६ कम्पनीका ६१ लाख ६ हजार ४ सय ५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४ सय ६० रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

बजार घटेको दिन आज अन्य समूह २१.९१ र म्युचुअल फण्ड ०.०६ अंकले बढे पनि बाँकी समूह भने राताम्मे भएका छन् । 

आज सबैभन्दा बढी मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशत नाफा कमाएका छन्  भने जोशी हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ५.८७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज सानिमा बैंकको उच्च कारोबार भएको छ । सानिमाको २७ करोड १२ लाख ९७ हजार ६ सय ९.८० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार १७.५९ अंकले बजार बढ्दा १ अर्ब ४९ करोड, सोमबार ६९.५१ अंकले बजार घट्दा २ अर्ब ९६ करोड, मंगलबार ७७.३३ अंकले बजार घट्दा ३ अर्ब ७७ करोड  र बुधबार ६०.५६ अंकले बजार बढ्दा २ अर्ब ६७ करोड रुपियाँ बराबरको कारोबार भएको थियो ।  साताको अन्तिम दिन आज बिहीबार १४.७० अंकले बजार घट्दा २ अर्ब ६३ करोड रुयियाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएकोमा उक्त रकम पनि घट्दै आएको छ । 
 

Advertisement

Advertisement