सनराइज बैंकका ग्राहकलाई केएफसी र पिज्जा हटमा विशेष छुट

Advertisement

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुबिधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिदैं आएको छ । 

सोही क्रममा रेष्टुरेन्ट क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यका साथ बैंकले देबयानी इन्टरनेशनल ९नेपाल० प्रालिसंग सम्झौता गरेको हो । ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनलका नायब महाप्रबन्धक (वित्त बिभाग) रितुराज शाहबीच हस्ताक्षर भएको छ । 

Advertisement

सम्झौता पश्चात बैंकका ग्राहकहरुले केएफसी र पिज्जा हटमा खाना र बेबरेजको खरिदमा सनराइज बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन् । ग्राहकहरुले केएफसी र पिज्जा हकको उपत्यका भित्र र बाहिरको १७ बाट शाखाहरुबाट नै छुटको लाभ लिन सक्नेछन् ।
 

Advertisement

Advertisement