कुमारी बैंकका सीईओले गत वर्ष लिए दुई करोड ३८ लाख तलब, दशैं भत्ता १४ लाख

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई दुई करोड ३८ लाख ३१ हजार ५५ रुपियाँ तलव भत्ता प्रदान गरेको छ । यो बैंकले सीईओलाई दिएको वार्षिक तलव एक करोड २० लाख भत्ता ४७ लाख, दशैं भत्ता १४ लाख, विदावापत १० लाख र अन्य सुविधा वापत ४२ लाख रुपियाँ दिएको बैंकले जानकारी दिएको छ ।

यो बैंकको सीईओमा गत आर्थिक बर्ष सुरेन्द्र भण्डारी थिए। भण्डारीले गत साउनबाट अवकाश लिएका छन् । साउनपछि यो बैंकको सीईओ पद खाली छ भने कामु प्रमुख कार्यकारी अधिकृत (डीसीओ)को जिम्मेवारी अनुजमणि तिमिल्सिनाले पाएका छन् ।

Advertisement

 

यो बैंकले प्रमुख कार्यकारी अधिकृत देखि सहायक महाप्रवन्धकसम्मलाई चालक तथा इन्धन सुविधा सहितको सवारी कर्जा, सवारी मर्मत भत्ता र अन्य व्यवस्थापकीय पदाधिकारीहरूलाई बैंकको सवारी साधन नीति बमोजिम सवारी कर्जा, इन्धन तथा मर्मत भत्तापनि उपलब्ध गराएको छ ।

बैंकले सम्पूर्ण  स्थायी पदाधिकारीहरूलाई बैंकको मानव संशाधन नीति अनुसार सवारी साधन खरिद, घर जग्गा खरिद कर्जा तथा व्यक्तिगत कर्जा, बैंकको मानव संशाधन नीति अनुसार पत्रपत्रिका तथा फोन/मोवाईल फोन सुविधा र  बैंकको नीति अनुरुप कर्मचारीहरुको सामुहिक जीवन बीमा समेत गराएको जानकारी यसले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यो बैंकले आगामी  १६ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । बैंकले व्यवस्थापकलाई पनि १० करोड ४४ लाख रुपियाँ भुक्तानी गरेको छ । यस्तो भुक्तानीमा तलव सुविधा, भत्ता, दशैं भत्ता, गाडी मर्मत, औषधिउप उपचार, विदा, उपदान र अन्य सुविधा रहेको पनि बैंकले जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

 
 

Advertisement

Advertisement