न्यादी हाइड्रोको आईपीओ बाँडफाँट, तपाईँलाई पनि पर्यो कि ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौँ । न्यादी हाइड्रोपावरको साधारण शेयर(आईपीओ) आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिएको हो । 

सर्वसाधारणका लागि छुट्याइएको २० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५० जनाले १०–१० कित्ताका दरले पाएका छन् । 

Advertisement

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/menu/ipo-fpo-share-allotment-check र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । 

न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि १९ गतेसम्म २२ करोड ५० लाख रुपियाँ बराबरको आईपीओ निष्काशन खुला गरेको थियो । २२ लाख ५० हजार कित्ता कुल निष्काशन मध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाइने व्यवस्था थियो ।  

आईपीओमा २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । ती मध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको र २२ लाख ४१ हजार १ सय ३८ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको हो ।   

यसअघि नै कम्पनीले आयोजना प्रभावित लमजुङका स्थानीयबासीलाई १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ । साथै संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता शेयर जारी गरेको थियो । लगानीकर्ताले भदौ १ गतेदेखि छिटोमा १५ गते र ढिलोमा भदौ ३० गतेसम्म निष्काशन खुला गरिएको थियो । 

न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Advertisement

Advertisement