महिला लघुवित्तले लाभांश संशोधन गर्यो, अब बोनसमात्रै दिने

Advertisement

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाले यसअघि घोषणा गरेको नगद लाभांश र बोनस शेयर संशोधन गरेको छ । 

आज बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ सम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस शेयर(रु. ४ करोड ७५ लाख बराबरको) र रु. २५ लाख अर्थात २.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय निर्णय गरेको कम्पनी सचिव कृष्णप्रसाद न्यौपानेले जनाएका छन् ।

Advertisement

यसअघि असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले ४५ प्रतिशत बोनस शेयर(रु. ४ करोड ५० लाख बराबर) र ५ प्रतिशत नगद लाभांश अर्थात रु. ५० लाख (बोनस शेयर र नगद लाभांशमा लाग्ने करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

उक्त कम्पनीको हाल कायम चुक्ता पूँजी १० करोड रुपियाँ रहेको छ ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति र संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ ।  
 

Advertisement

Advertisement