लाभांश पारित गर्न आशा लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारण सभा कात्तिक २७ गते हुने भएको छ । 

विहीबार बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुरेन्ट नुवाकोटमा साधारण सभा गर्ने निर्णय गरेको हो । 

Advertisement

साधारण सभा प्रयोजनका लागि कात्तिक १२ गते शेयर दाखिला खारेज बन्द(बुक क्लोज) गर्ने निर्णय भएको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद दुलालले जनाएका छन् ।

उक्त साधारण सभाबाट आव २०७७/७८ को वित्तीय विवरण तथा लाभांश पारित गरिने छ । सञ्चालक समितिको प्रस्ताव अनुसार हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) राष्ट्र बैंकबाट स्वीकृत भएको र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव दुलालले बताए । 

साधारण सभाले संस्थापक समूहको ४ जना सञ्चालकहरु प्नि चयन गर्ने कार्यसूची रहेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी २६ करोड ७१ लख ३१ हजार २ सय रुपियाँ छ ।    
 

Advertisement

Advertisement