यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति, एसियाली मुलुकमा चार्टर उडान गर्ने

Advertisement

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ । यो वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अन्तर्राष्ट्रिय चार्टर तथा नन सेड्युल फ्लाइटको अनुमति पाएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार यतीले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएसँगै अब यो वायुसेवाले पूर्वी एयसिया र दक्षिण एसियाली मुलुकमा यात्रु तथा कार्गो उडान गर्न पाउने भएको छ । यो वायुसेवाले अन्तर्राष्ट्रिय उडानको लागि तयारी पूरा गरेकोले अब जुनसुकै समयमा पनि अन्तर्राष्ट्रिय चार्टर उडान गर्ने भएको छ ।

Advertisement

यो वायुसेवाले अन्तर्राष्ट्रिय उडानको अनुमति माग गर्दै १४ वैशाख २०७८ मा नै निवेदन दिएको थियो । यो वायुसेवाले एटीआर ७२–५०० जहाजबाट यस्तो उडान गर्ने भएको छ । उक्त वायुसेवालाई प्राधिकरणले ३ कात्तिक २०७८ मा अन्तर्राष्ट्रिय चार्टर तथा नन सेड्युल फ्लाइटको अनुमति दिएको हो ।

यतीसँग भएको पाँचवटा एटीआर जहाजबाटै उडान गर्ने गरी अनुमति पाएकोले अब यसले आवश्यकता अनुसार यात्रु तथा कार्गो चार्टर उडान गर्ने छ । आन्तरिक उडानका सहरी क्षेत्रका विभिन्न गन्तव्यमा उडान गर्दै आएको यो वायुसेवाले अब अन्तर्राष्ट्रिय गन्तव्यमा पनि उडान गर्ने भएको छ

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सको निवेदन, यस्ता छन् मापदण्ड

१५ वर्षपछि यती एयरलाइन्स अन्तर्राष्ट्रिय उडानमा जाँदै, तत्कालै एशियाली मुलुकमा चार्टर्ड उडान

Advertisement

Advertisement