स्वरोजगार लघुवित्तले तोक्यो बुक क्लोजको मिति, एजीएमबाट २५ प्रतिशत बोनस पारित हुँदै

Advertisement

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनका लागि शेयरधनी दाखिला खारेज बन्द(बुक क्लोज)को मिति तोकेको छ । 

बिहीबार बसेको सञ्चालक समितिको बैठकले कात्तिक १२ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीको १३औँ वार्षिक साधारण सभा कात्तिक २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने यसअघि नै तय भइसकेको छ । 

Advertisement

उक्त साधारण सभाले संस्थाको हाल कायम चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २ सय ९७ रुपियाँको २५ प्रतिशतले हुने १० करोड २८ लाख १९ हजार ८ सय २४ रुपियाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने कम्पनी सचिव मनोजकृष्ण उप्रेतीले जनाएका छन् । 

साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचित गर्नेछ । साथै कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पारित गर्नेछ । 
 

Advertisement

Advertisement