हकप्रद बिक्री गर्न माग्दै बोर्ड पुगे अपि पावर र नेपाल फाइनान्स

Advertisement

काठमाडौं । अपि पावर कम्पनी र नेपाल फाइनान्स कम्पनी हकप्रद शेयर बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन् । बोर्डका अनुसार नेपाल फाइनान्सले ७० प्रतिशत (१ः०.७०) अनुपातमा ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति मागेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपियाँ दरमा हकप्रद बिक्री गर्न लागेको हो । कम्पनीको हकप्रद बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने छ । हाल यस नेपाल फाईनान्सको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपियाँ छ । यदी कम्पनीले हकप्रद निष्कासन गर्न अनुमति पायो भने कम्पनीको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपियाँ पुग्नेछ ।

Advertisement

यस्तै, अपि पावर कम्पनीले पुनः ३९.३६ प्रतिशत हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.३९.३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपियाँ बराबरको एक करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति मागेको हो । 

कम्पनीको हकप्रदमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि, कम्पनीले गत जेठ २० देखि असार १३ गतेसम्म ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । यस्तै, कम्पनीले गत वर्षको कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म पनि ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । 
 

Advertisement

Advertisement