महालक्ष्मी लाईफको राष्ट्रिय सम्मेलन सौराहामा, बनायो लक्ष्य प्राप्त गर्ने रणनीति

Advertisement

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चितवनको सौराहामा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देशभरिका ६० शाखा÷उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो । 

सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ-आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायिक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको थियो । 

Advertisement

कार्यक्रमको दोस्रो दिन कात्तिक ६ गते कम्पनीका सम्पुर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको नेशनल बिजनेश मिट २०७८ राष्ट्रिय सम्मेलन सम्पन्न गरियो । प्रमुख कार्यकारी अधिकृत भट्टराईबाट उद्घाटन भएको उक्त सम्मेलनमा स्वागत मन्तव्य बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले व्यक्त गरे । त्यसैगरी नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले त्रैमासिक व्यवसायिक समीक्षा प्रस्तुत गरे भने अर्का नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागिहरुलाई कम्पनीको बीमा योजनाहरुको बारेमा तालिम प्रदान गरे । 

सम्मेलनको अन्तमा २०७८/७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृत भट्टराईले पुरस्कृत र सम्मान गरे । सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यवसायीक लक्ष्य निर्धारण गरेको थियो । 

बीमा जनचेतना अभिवृद्धिको लागि यो आव भित्र सबै शाखा उपशाखाले आ-आफ्नो क्षेत्रमा ‘युवासंग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गर्ने निर्णय गरियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भट्टराईले ‘युवासंग-महालक्ष्मी लाईफ’ कार्यक्रम विषयमा विस्तृत जानकारीको साथै तालिम प्रदान गरेका थिए । रासस 
 

Advertisement

Advertisement