निगमले शुक्रबारदेखि नियमित रूपमा इन्धन दिने; कोटा प्रणाली खारेज

Advertisement

काठमाडौँ । नेपाल आयल निगमले शुक्रबारदेखि नियमित रूपमा सबै पेट्रोल पम्पहरुलाई इन्धन वितरण गर्ने बताएको छ ।

गत हप्तादेखि नाकाबन्दी खुलेपछि इन्धन भित्रने क्रम बढेकाले निगमले इन्धन नियमित बाँड्ने तयारी गरेको हो ।

Advertisement

बिहिबार नाकाबन्दी खुलेपछि आपूर्ति मन्त्रालयअन्तर्गत गठित आपूर्ति व्यवस्थापनसम्बन्धी उच्चस्तरीय समितिको बैठकले सो निर्णय गरेको, निगमका निगमका वितरण विभाग निर्देशक दिपक बाराले जानकारी दिए ।

उनका अनुसार शुक्रबारबाट नियमित रूपमा इन्धन वितरण हुनेछ भने कोटा प्रणाली पनि हटाइएको छ । यसअघि सरकारले अत्यावश्यक र अन्य सवारी साधनलाई कोटा प्रणालीअनुसार इन्धन वितरण गर्दै आएको थियो ।

बरालले शुक्रबारदेखि दैनिक ३ लाख ५० हजार लिटर पेट्रोल र ४ लाख ५० हजार लिटर डिजेल वितरण गरिने जानकारी दिए ।

शुक्रबार वितरण हुने इन्धनको परिमाण सामान्य अवस्थाको हो । निगमका अनुसार उक्त इन्धन सरकारीसँगै निजी पम्पबाट वितरण गरिने छ । उपत्यकामा करिब १ सय २० पेट्रोल पम्प छन् । यीमध्ये अधिकांश पम्पबाट वितरण हुने निर्देशक बरालले बताए ।

 

Advertisement

Advertisement