आशिषले मनिषाको घाँटी थिचेर हत्या नगरेको प्रहरीको प्रतिवेदन

Advertisement

काठमाडौं । फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको रहस्यमय मुत्युमा उनका प्रेमी आशिष (रुद्र) चौधरीले घाँटी थिचेर हत्या नगरेको प्रहरीले प्रारम्भिक प्रतिवेदन तयार गरेको छ । 

नवलपरासी प्रहरीले  ‘पोलिग्राफ टेस्टमा बुधबार सार्वजनिक गरेको प्रतिवदेनमा उनका प्रेमीले मनिषाको घाँटी थिचेर हत्या नगरेको जनाइएको छ । नेपाल प्रहरीका एसपी राजेन्द्र चौधरीले भने, ‘पोलिग्राफ टेस्टमा घाँटी थिचेर हत्या भएको देखिएन, घटनाको थप अध्ययन भइरहेको छ ।’ हत्यापछि पोष्टमार्टमका लागि काठमाडौं ल्याइएकी मनिषाको झुण्डिएर मुत्यु भएको शिक्षण अस्पतालले प्रतिवेदन तयार गरेको थियो । 

Advertisement

उनका प्रेमी चौधरीको मंगलबार पाँच घन्टा लगाएर पोलिग्राफ टेस्ट गरिएको थियो। यस्तो परीक्षणमा शंकास्पद व्यक्तिले झुटो बोलेको हो वा होइन भन्ने पत्ता लाग्ने प्रहरीको भनाई छ । पोखराबाट गएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको टोली पोलिग्राफ टेस्ट गरेको थियो । 

आफूसँग मनिषाको झगडा भए पनि आफूले उनको हत्या नगरेको आशिषले बताउँदै आएका थिए । यद्यपि उनले आत्महत्या गर्न बाध्य हुनुको पछाडि दुई जनाबीचको प्रेम सम्वन्ध र दुईबीच बढेको मनमुटाव नै प्रमुख कारण हुनसक्ने अनुमान गरिएको छ । 

आशिषले दिएको बयानमा मनिषाले सिमकार्ड मागेपछि आफूले नदिएकाले झगडा भएको र त्यस हात हालाहालसमेत भएको बताएका थिए । घटना भएको रात झगडा भएका कारण आफू बियर खाएर आफ्नै घरमा सुतेको र राति उठेर हेर्न जाँदा झुन्डिएको अवस्थामा देखेपछि आफूले डोरी काटेको उनको भनाई छ । 

Advertisement

Advertisement