देशभर ७४ हजार शिक्षकको दरबन्दी खाली, पूर्ति गर्ने कहिले ?

Advertisement

काठमाडौं । देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग छ ।

प्राथमिक तह (आधारभूत १ देखि ५) मा तीन हजार ३८३ शिक्षक दरबन्दी बढी देखिन्छ । निम्न माध्यमिक तह (आधारभूत ६ देखि ८) मा २५ हजार ४२५ र माध्यमिक तह (९ र १०) मा २३ हजार ७४४ शिक्षक दरबन्दी कम छ ।

सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार, विद्यालय र विद्यार्थी संख्याका आधारमा ७३ हजार थप शिक्षक तत्काल आवश्यक छ ।
आजको कान्तिपुर दैनिकमा प्रकाशित ।

Advertisement

Advertisement

Advertisement