‘चङ्गा चेट’ र ‘मालिका’ लाई ‘छक्का पञ्जा ३’ को टेन्सन

Advertisement

काठमाडौँ । शुक्रबार दुई नयाँ चलचित्र ‘चंगा चेट’ र ‘मालिका’ प्रदर्शनमा आएका छन् । ‘चंगा चेट’ लाई दीपेन्द्र के खनाल र ‘मालिका’ को निर्देशन रेखा थापाले गरेकी छन्

एउटा सानो गल्तीले जीवनमा पार्ने प्रभावको कथा ‘चङ्गा चेट’ ले वाचन गरेको छ भने ‘मालिका’ ले महिला सशक्तिकरणको मुद्धा उठाएको छ । बलात्कार, घरेलु हिंसा, बेचविखन, दाइजो प्रथामा फिल्म बनेको हो । केही दिन अगाडि राजधानीमा गरिएको विशेष शोमा फिल्मले सकारात्मक प्रतिक्रिया बटुलेको थियो ।

पशुपतिप्रसाद फेम्ड निर्देशक दीपेन्द्र के। खनालले ‘चङ्गा चेट’ निर्देशन गरेका हुन् । उनी उक्त फिल्मलाई आफ्ना अघिल्ला फिल्मभन्दा फरक भन्न रुचाउँछन् । डार्क कमेडी बताइएको फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रबिन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आरएल राणालगायतका कलाकारहरुको अभिनय छ ।

शुक्रवार रिलिज दुई नेपाली फिल्मलाई सिंगल पर्दा लगभग बराबर मिलेपनि मल्टिप्लेक्समा सोज संख्यामा ठूलो तलमाथि छ । निर्माताले सर्वाधिक शेयर हात पार्ने देशको सबैभन्दा ठूलो मल्टिप्लेस क्यूएफएक्सले ‘मालिका’ लाई ४ र ‘चङ्गा चेट’ लाई १६ सोज बाँढेको छ । अन्य मल्टिप्लेक्सहरुमा पनि ‘चङ्गा चेट’ को सोज बढी छ ।

शुक्रवार प्रदर्शनमा आएका दुई फिल्मलाई ‘छक्का पञ्जा ३’ चुनौती बन्ने देखिएको छ । मल्टिप्लेक्समा यो फिल्मको गति अझै कम भएको छैन । चौथो हप्तामा पनि क्यूएफएक्सले उक्त फिल्मलाई १४ सोज बाँढेको छ । ‘जय भोले’ ले पनि राम्रो सोज हात पारेको छ । मल्टिप्लेक्समा नेपाली फिल्म ‘बियोन्ड द क्लाउड्स’ पनि शुक्रवारबाट प्रदर्शनमा आएको छ ।

Advertisement

Advertisement

Advertisement