सामसङको फ्लिप फोन चीनमा सार्वजनिक, तीन लाख बढी पर्ने फोनका विशेषता यस्ता छन्

Advertisement

दक्षिण कोरियाली कम्पनी सामसङले गत हप्ता मात्र आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको थियो र अब कम्पनीले आफ्नो फ्लिप फोन डब्लू २०१८ चीनमा सार्वजनिक गरेको छ ।

सामसङले गत वर्ष पनि फ्लिप फोन डब्लू २०१८  सार्वजनिक गरेको थियो तर नयाँ फोनमा पहिलेको तुलनामा  उत्कृष्ट प्रोसेसर र ड्युअल क्यामरा दिइएको छ । यो फोनमा ४.२ इन्चका दुईवटा डिस्प्ले दिइएको छ जसमा एउटा स्क्रिन बाहिरतिर र अर्को भित्रतर्फ छ ।

सामसङले यो फोनलाई दुई भेरियन्टमा उतारेको छ । यसको पहिलो भेरियन्टमा ६ जीबी र्याम र एक सय २८ जिबी स्टोरेज रहेको छ भने दोस्रो भेरियन्ट ६ जीबी र्याम र दुई सय ५६ जीबी स्टोरेजसहित उपलब्ध छ । यसको सुरुवाती भेरियन्टको मूल्य १८,९९९ युआन (तीन लाख १७ हजार रुपैयाँ) तोकिएको छ ।

सामसङ  डब्लू २०१९ मा डुअल रियर क्यामरा सेटअप दिइएको छ जसको प्राइमरी र सेकेन्डरी सेन्सर दुबै १२ मेगापिक्सलको छ । सम्भवतः कम्पनीले पहिलो पटक आफ्नो फ्लिप फोनमा डुअल रियर क्यामरा उपलब्ध गराएको छ । यो फोनको फ्रन्टमा पनि १२ मेगापिक्सलको क्यामरा दिइएको छ । यसबाहेक यसको साइडमा सेक्युरिटीका लागि फिंगरप्रिन्ट सेन्सर पनि दिइएको छ ।

प्राइम स्क्रिन ४.२ इन्च र सेकेन्डरी  स्क्रिन पनि ४.२ डिस्प्ले रहेको यो फोनमा प्रोसेसर स्न्यापड्रयागन ८४५ र स्टोरेजमा १२८ जीबी देखि २५६ जीबी छ। त्यसैगरी ६ जीबी र्याम, १२ मेगापिक्सलको फ्रन्ट क्यामरा १२ प्लस १२ को रियर क्यामरा ३०७० एमएएच ब्याट्री, फिंगरप्रिन्ट सेन्सर  सेक्युरिटी, एन्ड्रोइड ८.१ ओरियो ओएस  यो फोनका विशेषता हुन्।

Advertisement

Advertisement

Advertisement