एनआईसी एशियाले  सानिमा इन्स्योरेन्सको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौं।  एनआईसी एशिया बैंक लिमिटेडले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र इन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रबन्ध निर्देशक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब यस बैंकका ग्राहकले सबै  शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ।

उक्त, सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २६६ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement