जबरजस्ती करणी गरेको भन्दै आफ्नै श्रीमान विरुद्ध मुद्दा

Advertisement

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगर पालिका ५ की ३३ वर्षीया एक महिलाले आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी छन् । पटकपटक कुटपिट तथा मानसिक यातना दिँदै जबरजस्ती करणी गर्ने गरेको भन्दै ती महिलाले प्रहरीमाउजुरी दर्ता गराएकी हुन् ।

पछिल्लो पटक श्रीमानले आफ्नो इच्छा विपरित मंसिर २८ गते राति जबरर्जस्ती करणी गरेको भन्दै उनले मंसिर २९ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता गराएकी हुन् ।

वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ ।

उनीहरुले जातीय परम्परा अनुसार २०६१ सालमा मागी विवाह गरेका थिए । उनीहरुको ६ र १३ वर्षका छोरा छन ्। आरोपित महिलाका श्रीमानलाई पक्राउ गरी अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा डीएसपी युवराज खड्काले जानकारी दिएका छन् ।

१० वर्षयता रौतहटमा यस्तो प्रकारको उजुरी दर्ता भएको सम्भवत पहिलो घटना रहेको एक कानुन व्यवसायीले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement