अर्थसमितिले खानेपानी मन्त्रीलाई बोलाएर भन्यो- लागत र समय नबढ्ने गरी मेलम्ची बनाउ

Advertisement

काठमाडौं । अर्थ समितिको बिहीबारको बैठकले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना समय र लागत नबढ्ने गरी बनाउन खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलाई निर्देशन दिएको छ ।

आयोजनाको इटालियन ठेकेदार सिएमसीले विभिन्न बहाना बनाउँदै काम छोडेपछि अन्योलमा परेको यो आयोजना चाँडै बनाउन समितिले मन्त्रीलाई बोलाएर निर्देशन दिएको हो । पटक पटक म्याद थप र लागत वृद्धि गर्दा पनि काम सम्पन्न गर्न नसकेको सिएमसीले अन्तिम पटक म्याद थप भएको समयको ४५ दिन बाँकी रहँदा आयोजनाबाट हात झिकेको हो ।

क्रिसमस बनाउन भन्दै स्वदेश फर्किन लागेका ठेकेदार कम्पनीका पदाधिकारीहरुको राहदानी सरकारले अहिले जफत गरेको छ । आजको अर्थ समितिको बैठकमा खानेपानी, सचिवलगायतका सम्वद्ध पदाधिकारी सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement