बलात्कारको आरोप लागेका क्रिकेटर संदीप विदेशबाट आउँदाआउँदै पक्राउ, अहिले गौशालामा

Advertisement

काठमाडौं । बलात्कारको आरोप लागेका संदीप लामिछाने विदेशबाट आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । 

नेपाल आएर प्रहरीसमक्ष आत्मसमर्पण गर्ने घोषणा गरिसकेका उनलाई प्रहरीले विमानस्थलमै पक्राउ गरेका हुन् । बलात्कारको आरोप लागेपछि उनलाई राष्ट्रिय क्रिकेट टिमको क्याप्टेनबाट निलम्बन गरिएको थियो । 

Advertisement

कतार एयरवेजको विमानबाट बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरेर गौशाला प्रहरीमा राखिएको छ । 

संदीपले आफू आज स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका थिए । उनी नेपालमै रहेको बेला गत भदौ २१ गते एक १७ बर्षीय बालिकाले बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । 

तर संदीपले आफू निर्दोष रहेको बताउँदै त्यसको कानुनी प्रतिवाद गर्ने बताएका थिए । 

Advertisement

Advertisement