गंगबु लुटपाट र आगजनीमा संलग्नहरुलाई कारवाही गर्न निर्देशन

Advertisement

काठमाडौं । गृहमन्त्रालयले सोमबार गोंगबु क्षेत्रमा भएको लुटपाट र आगजनीमा संलग्नलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । 

यातायात व्यवसायी र मजदुरको आन्दोलनका क्रममा सोमबार प्रहरीको गाडी र अस्थायी पोष्टमा भएको आगजनी, लोत्से मलमा भएको मोवाइल लुटपाट र तोडफोड गर्नेहरुलाई पक्राउ गरी कारवाही गर्न निर्देशन दिएको हो । 

Advertisement

गृहसचिव विनोद सिंहले मंगलबार प्रहरीका उच्च अधिकारीहरुलाई बोलाएर लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुलाई पक्राउ गरी कारवाही अघि बढाउन निर्देशन दिएका हुन् । गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि सो मन्त्रालय अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैले हेर्दै आएका छन् । 


यातायात व्यवसायी र मजदुरहरुले अराजक ढंगले प्रदर्शनका क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । राष्ट्रपति विद्या भण्डारीको सवारी व्यवस्थापनका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका एक जना चिकित्सक घाइते भएपछि त्यसमा दोषी ठहर गर्दै प्रहरीहरुलाई कारवाही गरिएको गियो । उक्त कारवाहीपछि प्रहरीको मनोबल केही खस्किएको सोमबारको क्षतिबाट देखिन्छ । 

मोवाइल लुटपाटबाट आफूहरुको आठ करोड रुपियाँको क्षति भएको व्यवसायीले दावी गर्दै आएका छन् । 

Advertisement

Advertisement