फागुन महिनाभित्रै दुई लघुवित्तको आईपीओ खुल्दै, कुन कम्पनीको कहिले ?

Advertisement

काठमाडौं । फागुन महिनाभित्र दुई लघुवित्त कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएका छन् । 

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि १ लाख ६९ हजार ७ सय  ५५ कित्ता आईपीओ निष्काशन खुला गर्न लागेको हो । उक्त कम्पनीको आईपीओ १६ हजार ९ सय ७० जनाले १०–१० कित्ता र पाँच जनाले ११–११ कित्ताका दरले पाउने छन् । 

Advertisement

त्यसैगरी बिपिडब्लु लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म ८०  हजार ९ सय ५० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको जनाएको छ । उक्त कम्पनीको आईपीओ ८ हजार ९५ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

यसैबीच आत्मनिर्भरले विदेशमा कार्यरत नेपालीहरुका लागि माघ १६ गतेदेखि फागुन १ गतेसम्म २० हजार ३ सय ३८ कित्ता बिक्री खुला गरेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।   

कम्पनीले कूल २ करोड ३ लाख ३८ हजार रुपियाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता,  कर्मचारीहरुका लागि ३ हजार १ सय १७ कित्ता र सामुहिक लगानी कोषहरुलाई १० हजार १ सय ७० कित्ता सामुहिक लगानी छुट्याईएको छ । 

त्यसैगरी बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ २२ गतेदेखि फागुन ८  गतेसम्म आईपीओ बिक्री खुला गरेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । 

कम्पनीले नेपाली श्रमिकलाई ९  हजार ७ सय कित्ता शेयर निष्काशन गरेको हो । १५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र  ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ । 

कम्पनीले कूल ९७ लाख रुपियाँ बराबरको ९७ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । 


 

Advertisement

Advertisement