रामचन्द्र पौडेलपछि सुवाशचन्द्र नेम्वाङ पुगे रवि लामिछानेसँग भोट माग्न

Advertisement

काठमाडौं । राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट माग्न एमाले नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन् । 

राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित नेताहरु रास्वपा कार्यायल वसुन्धारा पुगेका हुन् । यसअघि सत्ता गठवन्धनबाट राष्ट्रपतिका उम्मेदवार रहेका रामचन्द पौडेल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भोट माग्न पुगेका थिए । 

Advertisement

बिहीबारको भेटमा स्वतन्त्र पार्टीबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेता सहभाथी थिए भने एमालेबाट नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरु सहभागी थिए । यसअघि नेम्वाङ एकीकृत समाजवादीसँग भोट माग्न गएका थिए । 

Advertisement

Advertisement