मोटरहेडको ‘सुपर सवारी अफर’: २०८०/८१ सम्मको कर छुट, ‘फ्री’ मा फुल हेलमेट

Advertisement

काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । 

२०२१ मोडल तथा त्यस मुनिका मोडलहरुमा ‘स्टक क्लियरेन्स’ अफर कायम राख्दै कम्पनीले आफ्ना २०२२ मोडलका वाइकहरुमा ‘सुपर पावर २०८०, यो नयाँ वर्ष सुरक्षा र सुविधा हाम्रो, सवारी तपाईंको’ नामक अफर चैत २४ बाट लागू गरेको छ । 

Advertisement

कम्पनीले सबै प्रकारका खरीद प्रक्रियामा उत्तिकै उत्साहित अफरसमेत नगद/फाइनान्स र एक्सचेञ्ज खरीद प्रक्रियामा विभिन्न लाभमूलक अफर ल्याएको छ । जसमा नगद खरीद गरे वापत ग्राहकले मोटरहेडका २०२२ का मोडलमा २०८०/८१ सम्मको कर छुट तथा पूर्ण बीमाको सुविधा लिन सकिने, फाइनान्स खरीदमा आफूले खरीद गरेको वाइकको पूर्ण बीमा ग्राहकले कम्पनीबाटै सुविधा पाइने तथा सट्टापट्टा गरी लिँदा ग्राहकले आफ्नो पुरानो वाइकको बजार मुल्याङकनमा कम्पनीबाट थप रु.१५,०००/– को मुल्याङ्कन अफर स्वरुप प्राप्त गरी नयाँ वाइक लिन सकिने छ । 

यस ब्राण्डका वाइक खरीदकर्ताले फुल हेलमेट फ्री मा  पाउने कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement