अडियो प्रकरणमा मुछिएका ढाकाकुमार श्रेष्ठ भन्छन्– अदालतबाट क्लिन चिट लिएर आउँछु

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् । 

बुधवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको दाबी गर्दै जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको बताए । 

Advertisement

श्रेष्ठले आफू यसबिरुद्ध न्यायालय पुगेर सफाइ पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने बताए । उनले भने, ‘उपननिर्वाचन र र मेरो पनि आफ्नो मान र प्रतिष्ठालाई आघात परेको छ । त्यसप्रति म क्षमतापार्थी छु । यो अडियो खासगरी अहिले मिडियामा जहाँ पनि जसरी पनि बनाउन सकिन्छ । कहाँकहाँबाट कुराहरु जोडेर मिडियामा आएको छ । म पार्टीबाट निलम्वित भएको सदस्य पनि हो । म न्यायालय गएर सम्पूर्ण कुराहरु गरेर क्लिन चिट गरेर म तपाईहरुसँग आउनेछु । मेरो कारणले पार्टी र उपनिर्वाचनलाई जुन अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु । यो अडियो फसाइएको हो, सुनिश्चित रुपमा । जनवरीको अडियो अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गर्ने षड्यन्त्र भएको छ ।’

श्रेष्ठले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो पार्नका लागि यस्तो गरेको बताए । उनले स्वास्थ्यमन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपियाँ मागेको अडियो सार्वजनिक भएपछि स्वतन्त्र पार्टीले उनर्ला निलम्बन गरेको थियो । 

Advertisement

Advertisement