भाटभटेनीद्धारा म्याद गुज्रिएको सामानहरुको बिक्री, एक पीडितले गरे यसरी गुनासो

Advertisement

काठमाडौं। सधैं जस्तै रवि चौधरी त्यो दिन पनि ड्युटी सक्काएर घर जान निस्किए । जाने क्रममा परिवारलाई केही खाने कुरा लगिदिने सोंच उनमा आयो । भाटभटेनी सुपरमार्केट रहेको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको तल्लो तलामा गाडी पार्किङ गरे र केही सामानहरु किनेर घर पुगे । 

साँझ घर पुगेपछि किनेर ल्याएको सामान चौधरीले परिवारका सदस्यहरुलाई बाँडे । आफ्नो छोरालाई पनि रिकोला ब्राण्डको लेमन फ्रेस मिन्ट र दालचिनिको फ्लेभर भएको ट्राइन्डेन्ट चुइङ्गम दिए । ती खानेकुरा खाएको एक घण्टा बित्न नपाउँदै उनको छोरो बिरामी परे । 

Advertisement

छोरो बिरामी भएपछि कारण खोजी हुन थाल्यो । त्यसअघि अघिल्लो दिन साँझ भाटभटेनीबाट किनेर ल्याएको खानेकुरा चेकजाँच गर्दा चौधरी परिवार छाँगाबाट खसेझैं भयो । भाटभटेनीमा गुणस्तरीय र स्वस्थकर मात्रै खाने कुरा बिक्री हुन्छ भन्ने उनलाई विश्वास थियो । सोही विश्वासका कारणले अघिल्लो दिन साँझ पनि उनले म्याद नहेरी सामान किनेर घर पुगेका थिए । 

आइतबार साँझ खरिद गरेको सामानमध्ये ट्राइडेन्ट चुइङ्गमको प्याकेटमा युएसए (अमेरिका)मा बनेको र एक्सपोर्ट वन्ली (निर्यातका लागि) भनेर लेखिएको छ । यसको प्याकेटभित्र १४ पिस चुइङ्गम रहेको छ । यसको अधिकतम् बिक्री मूल्य (एमआरपी) भाटभटेनीले २२० रुपियाँ राखेको छ । 

चुइङ्मगको उपभोग मिति सक्किएर एक महिना कटिसकेको थियो । एक अस्पतालको उच्च व्यवसथापन समेत सम्हाल्दै आएका चौधरीले गएको अप्रिल १५ मा ट्राइडेन्ट चुइङ्गम खरिद गरेका थिए । जबकी यसको म्याद गएको मार्च २३ मा नै सक्किएको थियो । चुइङगम ढुसी परेर र्याप गरिएको खोलमा नै लत्पितिएको थियो । पीडित चौधरीको गुनासोपछि कर्पोरेट नेपालको टिम गएर सोही ठाउँमा सोही ब्राण्डको चुइङ्गम किन्दा म्याद गुज्रिएकै मिन्ट र चुइङ्गम भाटभटेनीले बिक्री गर्यो । यो हिसावले हेर्दा कम्पनीले उपभोक्ताको स्वास्थ्यभन्दा पनि आफ्नो स्टक क्लियरेन्स गर्न आँखा चिम्लिएर सामान बिक्री गर्न तल्लिन रहेको प्रष्ट देखिन्छ । 

चोधरीले कर्पोरेट नेपालसँग भने, ‘भाटभटेनीले यस्तो डेट एक्सपायर सामान बेच्छ भन्ने लागेको थिएन् । आज मेरो बच्चा बिरामी भयो । अरु कतिका बच्चा बिरामी भएका होलान् । यो कुरालाई कस्ले हेर्ने ? कस्ले कारवाही गर्ने ? पैसा कमाउन जे पनि गर्न पाइन्छ ? यो लुट भइहाल्यो नि ।’ 

रिकोला लेमन मिन्टको उत्पादन सन् २०२१ अप्रिल १२ मा भएको देखिन्छ । यसको उपभोग्य मिति सन् २०२३ अप्रिल १२ राखिएको छ । यसको उपभोगको म्याद दुई वर्ष अर्थात अप्रिल १२ सम्म रहे पनि भाटभटेनीले अप्रिल १७ सम्म बिक्री गरिरहेको छ । यसको मूल्य तीन सय रुपियाँ राखिएको छ । यी दुई उत्पादनबाहेक भाटभटेनीले बिक्री गरेका अन्य सामान हेर्दा म्याद गुज्रिन एक–दुई महिना मात्रै बाँकी देखिन्छ । यसबाट भाटभटेनी म्याद गुज्रिन लागेपछि सामान सस्तोमा उठाएर ल्याएर बिक्री गर्ने र उपभोक्तासँग चर्को मूल्य असुलेर बढीभन्दा बढी नाफा गर्ने होडमा ऊ रहेको अनुमान लगाउन सकिन्छ । 

भाटभटेनीमा यो घटना नयाँ होइन् । बारम्बार यस्ता म्याद गुज्रिएका र खान अयोग्य गुणस्तरहीन सामान बिक्री गर्ने गरेका समाचार बारम्बार आउने गरे पनि चौधरी जस्ता थुप्रै उपभोक्ताले अझै पनि भाटभटेनीलाई विश्वास गरेर सामान किन्दै आएका छन्, जसको शिकार उनीहरु आफै हुने गरेका छन् । ठूलो ब्राण्डको रुमपा स्थापित भइसकेको र राजनीतिक दलका नेताहरुको समेत अदृश्य लगानी रहेकोले हुनसक्छ, भाटभटेनीलाई ठूलो कारवाही भने हुन सकेको छैन् । 

म्याद गुज्रिन लागेपछि नष्ट गर्नुपर्ने सामान लामो समयदेखि भाटभटेनीले खुलेआम बिक्री गर्दै आएको छ । यस विषयबारे भाटभटेनी त्रिपुरेश्वर शाखाकी सहायक प्रवन्धक सुश्मा कार्कीलाई सोध्दा भाटभटेनीको सामान प्रयोगबाट बिरामी परे भाटभटेनीमा नै आउनुपर्ने जवाफ दिइन् । उनले भनिन् ‘ बच्चा बिरामी परे भाटभटेनी पो आउने हो । पत्रकारलाई खबर गर्ने हो र ?’ 

त्यसरी बिरामी आए अवस्था हेरेर माथि भनेर भुक्तानी गर्ने कार्कीले बताइन् । उनले कुन सामानमा समस्या देखिएको हो ? सम्वन्धित कम्पनीलाई आफूले थर्काउने बताइन् । कार्कीका अनुसार कहिले काहीं म्याद गुज्रेका सामग्री बिक्री गर्ने गरेको पनि स्वीकार गरिन् । 

भाटभटेनी मिनबहादुर गुरुङको प्रत्यक्ष लगानी रहेको कम्पनी हो । उनी बालुवाटारको सरकारी जग्गा अनियमितताका मुख्य योजनाकारमध्येका एक पनि हुन् । 

Advertisement

Advertisement