सात लाख ७१ हजारभन्दा बढी नक्कली नोटसहित एक महिला धनुषामा पक्राउ

Advertisement

काठमाडौं । धनुषा प्रहरीले सात लाख रुपियाँभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ । 

सात लाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । 

Advertisement

उनको साथबाट एक हजारको नक्कली नोट चार सय ९२ थान र पाँच सयको नक्कली नोट ५५९ थान बरामद गरिएको छ । जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुकुमारी साहको झोला तलाशी गर्दा यी नक्कली नोटहरु बरामद गरेको हो । 

महिलाले कालो रङको झोला बाकेर यताउती हिँड्दै गरेको देखेपछि चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको प्रहरीको भनाई छ । निज महिलाको खल्तीबाट नेपाली १० हजार पाँच सय, भारतीय १६० समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । 

उनले उक्त नक्कली नोट एक लाख बराबर सात लाख सटही गरी ल्याएको निज महिलाले सोधपुछका क्रममा बोलेको पनि बताए । निज महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको बताइएको छ । 

Advertisement

Advertisement