Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक माध्यमिक विद्यालय तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रम शुरुवात गरेको छ । 

महानगरपालिकाले मंगलवारदेखि लागू हुनेगरी यो कार्यक्रम शुरुवात गरेको हो । काठमाडौं महानगर क्षेत्र भित्रका ५६ वटा सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई छोटो अवधिको सीपमुलक तालिम र पुस्तक बिहीन कार्यक्रमको थालनी गरेको महानगरको भनाई छ । 

Advertisement

महानगरपालिकाले विद्यालयमा विद्यार्थीहरुले पुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनउपयोगी, सीपमुलक र व्यवहारिक शिक्षा प्रादन गरी स्वरोजगार हुने जनशक्ति तयार पार्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेको जनाएको छ । 

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाहले महानगरले शुरु गरेको छोटो अवधिको सीपमुलक तालिम कार्यक्रम नयाँ नभएर गुरुकुल शिक्षामा लागेको ब्रेकलाई निरन्तरता दिएको बताए । उनले महानगरले विद्यालयमा सीप मात्रै नभएर मानिसको जीवन के हो ? भनेर सिकाउन खोजिएको बताए । 

बालेनले पछिल्लो समय सानो र ठूलो काम भनेर श्रम गर्नेहरुको इज्जत समेत गर्न नजानेकाले सानो वा ठूलो जुनसुकै कामलाई सम्मान गर्न सिकाउने उद्देश्य रहेको बताए । 

उनले सो अवसरमा आफू महानगरपालिकाको मेयर नभएको भए इन्जिनियर हुन्थें, इन्जिनियर नभएको भए म्युजिसियन हुन्थे, म्युजिसियन पनि नभएको भए ट्रक ड्राइभर बन्ने म मन थियो भन्दै सीप सिपको महत्व धेरै हुने कुरामा जोड दिए । 

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो जीवन शैलीलाई व्यवस्थित बनाउने सीप हातमा छैन् भने पढेर ल्याएको उच्च नम्बर, अंक र प्रतिशतले काम नगर्ने बताए । 

उनले परीक्षामा विद्यार्थीहरुको कति प्रतिशत नम्बर आयो प्रथम, द्वितिय भए भन्ने कुरा क्षणिक भएको भन्दै त्यो एक छिनको लागि महत्वपूर्ण जस्तो लाग्ने बताइन् । डंगोलले विद्यार्थीहरुले शिक्षा मात्रै नभएर व्यवहारिक सीप निस्कने वातावरण बनाउनको लागि मंगलवारदेखि विद्यालयहरुमा छोटो अवधिको सीपमुलक तालिम लागू गर्न लागिएको बताइन् । 

Advertisement

Advertisement