विद्यालयमा राजनीतिक कार्यक्रम नगर्न काठमाडौं महानगरको चेतावनी

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरको शिक्षा विभागले बुधबार एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको हो ।

Advertisement

यसअघि महानगरले शिक्षकहरु राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएको थियो ।

Advertisement

Advertisement