हुलास वायरले गर्यो ‘संवर्धन समारोह’

Advertisement

काठमाडौं । इटहरी स्थित सोल्टी वेष्टनमा हुलास वायर इण्डष्ट्रिजले आफ्नो ब्राण्डलाई अझ सुदृढ र परिस्कृत गर्दै लैजाने विश्वासका साथ ‘संवर्धन समारोह’ सम्पन्न गरेको छ ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । 

Advertisement

हुलास वायरका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामा, कोशी प्रदेशका थापा, हुलास वायरका अध्यक्ष राजलक्ष्मी गोल्छा  तथा प्रबन्ध निर्देशक युक्ति गोल्छाले हुलास वायरको लोगो तथा विज्ञापनको भिडियो सामुहिक रुपमा रिमोटद्वारा स्विचिंग गरि समारोहको समुद्घाटन गरेका थिए । 

सो कार्यक्रममा लामो समयदेखि कम्पनीमा आबद्ध संघ संस्था एवम् हुलास वायरका सदस्यहरुलाई अध्यक्ष गोल्छा, मुख्यमन्त्री थापा, ब्रान्ड एम्बेस्डर क्याप्टेन विजय लामा, एमडी युक्ति गोल्छाद्धारा स–सम्मान कदरपत्र वितरण गरिएको थियो । 
 

Advertisement

Advertisement