नेप्से झिनो अंकले बढे पनि लगानीकर्ताहरु निराश, एक अर्ब पनि पुगेन कारोबार

Advertisement

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । तर नेप्से उकालो चढे पनि कारोबार रकम भने एक अर्बबाट पनि तल झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.०९ अंकले बढेको हो । ०.२५ प्रतिशतले बजार बढ्दा नेप्से १९९८.४८ अंकमा उक्लिएको छ । 

Advertisement

आज २७९ कम्पनीका ३६ लाख ७० हजार ७ सय ३१ कित्ता शेयर किनबेच हुँदा ९८ करोड ८६ लाख २८ हजार ५ सय ६२.२४ रुपियाँ बराबरको कारोबार भएको हो । 

कुुथेली बुखरी स्मल हाइड्रोका लगानीकर्ताहरुले आज पनि १० प्रतिशतले नाफा कमाएका छन् । निरन्तर बढिरहेको उक्त कम्पनीको शेयर मूल्य रु. ८४८.३० पुगेको छ । त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.३८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज लक्ष्मी सनराइज बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ७ करोड ३१ लख ७९ हजार ५ सय ५९ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार बजार २०.५४ अंकले घट्दा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८ सय ७६.५५ रुपियाँ बराबरको कारोबार भएको थियो । 

Advertisement

Advertisement