श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले १३ करोड रुपियाँको आईपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य रु. १०० दरको रु. १३ करोड बराबरको १३ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । 

यसैक्रममा आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा श्रीनगर एग्रीटेक प्रबन्ध निर्देशक सतीसचन्द्र श्रेष्ठ र नबिल इन्भेष्टमेन्ट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् । 

Advertisement

श्रीनगर एग्रीटेक इण्डष्ट्रिज कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयमा बिधिवत दर्ता भई संचालनमा रहेको छ । यस कम्पनीको रजिष्टार कार्यालय काठमाडौं महानगरपालिका, वडा नम्बर १ थिरवम सडक, टंगाल काठमाडौंमा छ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड नेपालकै पहिलो आईएसओ प्रमाणित एकिकृत कुषि व्यवसाय हो ।

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले कृषि अन्तर्गतको व्यवसाय  इं.सं.२००२ मा श्रीनगर एग्रो फार्मको स्थापना बाट सुरु गरेको थियो । फार्म अन्तर्गत ह्याचरी तथा ब्रीडरबाट कुखुराको चल्ला उत्पादन गर्दै इ.स. २०१७ देखि श्रीनगर एग्रीटेक इण्डष्ट्रिज प्रालिबाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै शुद्दोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यवसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म संचालनमा ल्याएको छ । 

कम्पनीले व्यापार विस्तारको क्रममा वुटवल, रुपन्देहीमा वधशालाको स्थापना गर्ने योजना गरेको  छ । कम्पनीले भविष्यमा प्रशोधित मासु उपभोत्तामाझ ल्याउनको लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना रहेको छ । 

कम्पनीले श्रीकिसान इनोभेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्धि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुलाई कृषि खेती, पशुपंक्षी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य कार्य र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।       
 

Advertisement

Advertisement