फोटोनको टीएम वान विद्युतीय ट्रक सामान बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालोमा

Advertisement

काठमाडौं । फोटोनको विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ। उक्त टीएम वान विद्यूतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्र खुट्टेको उकालो सजिलै पार गर्न सफल भएको छ । 

फोटोनको नेपालका लागि आधिकारिक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले हालै उक्त परीक्षण गरेको थियो । फोटोन टीएम वान विद्युतीय ट्रकले १४ सय किलो लोड बोक्ने क्षमता राख्छ । 

Advertisement

एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिने टीएम वान सहरी क्षेत्र तथा मध्यम दुरीमा सामान ओसारपसारका लागि उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ ।

उक्त  टीएम वान विद्युतीय ट्रक यसपाली हुन गैरहेकोको नाडा अटो शो मा बिशेष अफरका साथ प्रदर्शन हुने जनाइएको छ ।
 

Advertisement

Advertisement